काठमाडौं - उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षबीच एकताको सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्मबहादुर चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।
दुवै दलबीच पार्टी एकताका लागि सात बुँदे सहमति भएको जनाइएको छ। सहमतिपत्रमा पूर्ण एकता कायम गर्दै नेता तथा कार्यकर्ता व्यवस्थापनको प्रक्रिया छिटो अघि बढाउने उल्लेख गरिएको छ।
पार्टी एकतापछि साझा राजनीतिक एजेन्डा, संगठन विस्तार तथा आगामी कार्यक्रमहरू संयुक्त रूपमा अघि बढाइने दुवै पक्षले बताएका छन्।
श्रम संस्कृतिक पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो पार्टीलाई एकताको निम्ति पत्र पठाएको दुई दिनपछि नै उज्यालो पार्टी आफैं साना दलहरुलाई आफूसँगै जोड्दैछ ।


0 comment