काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु किसानको भुक्तानी गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको शून्य समयमा सांसद सिंहले सरकारको अनुदान समेत किसानले प्राप्त गर्न नसकेको जनाउँदै सरकारले दिने रकम पनि चाँडै उपलब्ध गराउन आग्रह गरे । 

उनले रोपाइँको सिजन सुरू हुन लागेको हुँदा मलको अभाव हुन नदिन र बागमतीको कटानले सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ मा करिब ५० हजारभन्दा बढी नागरिकहरूको उठीबास हुने अवस्था रहेको भन्दै यसतर्फ पनि ध्यानाकर्षण गराए ।