काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको सिंहदरबारभित्रको एउटा भवन श्रमदानमार्फत निर्माण गर्न अनुमति माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद साम्पाङले सरकारले अनुमति दिए श्रमदान अभियानमार्फत भवन पुनर्निर्माण गर्ने बताएका हुन्।
उनले भने, “जेनजी आन्दोलनमा जलेको सिंहदरबारका भवनहरूमध्ये कुनै एउटा भवनको सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुस्, हामी श्रमदान गरेर निर्माण गर्नेछौँ।”
सांसद साम्पाङले सुनसरी लगायत देशका विभिन्न जिल्लाका विकास निर्माण योजनाका लागि पर्याप्त बजेट विनियोजन गर्न पनि सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ।


0 comment