काठमाडौं - कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र साहले संसदको उपेक्षा गरेको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उनले अपरिपक्वताका कारण नभई प्रधानमन्त्रीले नियतवश नै संसद्को उपेक्षा गरेको उनको भनाइ थियो । प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्नेमा उनले जोड दिए । पौडेलले कतान्त्रिक मूल्य र विधिको रक्षा गर्न कांग्रेस पछि नहट्ने बताए ।
उनले वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको बताए । ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको र यसले नागरिकमा निराशा बढाउँदै व्यवस्था परिवर्तनकै खतरनाक सोच विकसित हुनसक्ने उनको भनाइ छ ।
महामन्त्री पौडेलले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धान जस्ता निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाएर शक्तिको अत्यधिक केन्द्रीकरण गरेको आरोप समेत बताए । संवैधानिक परिषद्मा ३ जनाले बहुमत पुग्ने संरचना बनाएको र यस्तो अभ्यास विश्वमै दुर्लभ रहेको उनको दाबी छ ।


0 comment