काठमाडौं - बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।  

उनले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्। प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो ।