काठमाडौं - नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले साढे दुई दशक अघिको सम्पत्ति छानबिन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा २०५८ सालमा सम्पत्ति छानबिन आयोग गठन भएको थियो । आयोगले बुझाएको उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।

नेता केसीले त्यही प्रतिवेदन सार्वजनिक गरेर कारबाही सुरु गर्नुपर्ने बताएका हुन् । अवैध सम्पत्तिको छानबिन गर्न बंगलादेशमा जस्तै शक्तिशाली आयोग गठन हुनुपर्ने केसीको माग थियो ।

स्वीस बैंकमा विगतको तुलनामा नेपालीको पैसा बढ्दै केसीको दाबी छ । यसर्थ ,अवैध सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्न केसीले माग गरे । उनले भने, ‘अवैध सम्पत्तिको छानबिन गर्न बंगलादेशमा जस्तै शक्तिशाली आयोग गठन गरियोस् ।’