काठमाडौं - नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य मनोनयनप्रति आफूहरुको असहमति रहेको बताएका छन् ।
मंगलबार जनकपुरधाममा सञ्चारकर्मीसंग कुरा गर्दै निधिले आफूहरुसंग कुनै छलफल नगरी सभापति गगन थापाले १९ जना केन्द्रीय सदस्य मनोनित गरेको भन्दै त्यसमा असहमति रहेको बताए । उनले अझै पनि कांग्रेसमा चौधौँ महाधिवेशनको पक्षधर र विशेष महाधिवेशन पक्षधर फरक–फरक ठाँउमा रहेको उल्लेख गरे ।
आफूहरु र विशेष महाधिवेशन पक्षधरबीच मेलमिलाप हुँदैछ भन्ने कुरा भ्रममात्रै रहेको उनको भनाइ छ । उनले केन्द्रीय कार्यसमिति सदस्य मनोनयन भएकाहरु आफ्नै व्यक्तिगत निर्णयबाट अर्को पक्षमा गएको हुन सक्ने बताए।
यसअघि सोमबार सभापति थापाले महेन्द्र यादव, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, चन्द्रकान्त भण्डारी, जीवन परियार लगाएत १९ जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए ।


0 comment