सिड्नी/अस्ट्रेलिया:सिड्नी को एउटा नेपाली रेष्टुरेन्टलाई खाद्य सुरक्षा नियमहरू उल्लंघन गरेकोमा कडा सजाय सुनाएको छ। सिड्नीको एउटा नेपाली रेष्टुरेन्टलाई खाद्य सुरक्षा सम्बन्धी नियमहरू उल्लंघन गरेकोमा ठूलो जरिवाना गरिएको छ। क्याम्पसी मा रहेको खुकुरी नेपाली रेष्टुरेन्ट र यसका सञ्चालक प्रज्वल खतिवडा लाई ३७,५०० अष्ट्रेलियन डलर जरिवाना गरिएको हो।
सन् २०२३ मा यस रेष्टुरेन्टमा खाएका मानिसहरूमा साल्मोनेलाको संक्रमण देखिएपछि अनुसन्धान सुरु भएको थियो। परीक्षण गर्दा पकाइएका खानेकुरा र भान्साका सतहहरूमा समेत यो ब्याक्टेरिया भेटिएको थियो।
फोहोर र मुसाको दिसाः निरीक्षणका क्रममा भान्सामा मुसाको दिसा भेटिएको, भुइँ र सामानहरू अत्यन्तै फोहोर भएको र सरसफाइको उचित व्यवस्था नभएको पाइएको थियो।
अदालतको फैसलाः अप्रिल २१, २०२६ मा बर्बुड लोकल कोर्ट ब्रुड लोकल कोर्टले खाद्य ऐन २००३ अन्तर्गत १२ वटा कसुरमा दोषी ठहर गर्दै जरिवाना र सजाय सुनाएको हो।
नाम सार्वजनिक "नेम एन्ड सेम " नियम तोडेका कारण यो रेष्टुरेन्टको नाम न्यु साउथ वेल्स (NSW) फूड अथोरिटीको 'नेम एण्ड सेम' सूचीमा पनि राखिएको छ।


0 comment