काठमाडौं - बिहीबार दिँउसोको भारी वर्षाका कारण काठमाडौंका विभिन्न सडक डुबानमा परेको छ ।

वर्षाका कारण काठमाडौंको माइतीघर, पुतलीसडक, धोबीखोला करिडोर लगाएतका स्थानका सडक डुबानमा परेको हो ।

माइतीघर क्षेत्रको पुरै सडक डुबानमा परेपछि सो क्षेत्रको यातायात अस्तव्यस्त बनेको छ ।

सडक डुवानमा परेपछि यातायात आवागमन र पैदलयात्रीलाई यात्रा गर्न समस्या भएको थियो । पानीको उचित निकासको व्यवस्था नहुँदा काठमाडौंका एकैछिन पानी पर्दा पनि सडक डुबान हुने गरेको छ ।