काठमाडौं - वर्षाका कारण बीपी राजमार्गका विभिन्न स्थानका सडकमा अवरोध उत्पन्न हुँदा सडक पूर्ण रूपमा बन्द गरिएको छ।

हिजो बेलुका भएको बर्षाले सडक अवरोध हुँदा काठमाडौंबाट पुर्व तर्फ गएका सबै  सवारी साधनहरू धुलिखेल क्षेत्रमा रोकिएको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अत्यन्त जरुरी सूचना जारी गर्दै मौसममा सुधार आएर सडकमार्गमा रहेका अवरोध हटेपछि मात्र सडक सुचारु गरिने जनाएको छ।

अवस्था सामान्य भएपछि अर्को सूचना जारी गरी यातायात सञ्चालनको जानकारी दिइने प्रहरीको भनाइ छ। अहिले सबै गाडीहरु धुलिखेलमा रोकिएका छन् ।