काठमाडौं - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाललाई नियुक्त गरिएको छ ।

मन्त्रिस्तरीय निर्णयमा ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो। ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए।

यसअघिका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानेपछि विभागमा महानिर्देशक पद रिक्त रहेको थियो।