काठमाडौं - नेपाली कांग्रेसले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ ।  केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठक उनलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।

संसदीय दलको बैठकबाट सो निर्णयलाई अनुमोदन गर्ने छ । आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् ।कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार रहँदा नेता चयन गर्न बिलम्व भएको थियो । यद्यपि पार्टीको आन्तरिक एकताको सन्देश दिन पनि आङ्देम्बेलाई नै संसदीय दलको नेता बनाउनुपर्ने आवाज पार्टी भित्र उठ्दै आएको थियो ।

पार्टीको १४ औं महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका आङ्देम्बे गगन थापालाई सभापति चयन गरेको विशेष महाधिवेशनमा भने  सहभागी भएका थिएनन् ।