काठमाडौं - थापाथलीस्थित सुकुम्बासी बस्ती आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै प्रहरीले सीसीटीभी क्यामेरा जडान सुरु गरेको छ। बस्ती नजिकका सडक किनारमा रहेका बिजुलीका पोलहरूमा क्यामेरा जडान गरिएको छ।

प्रहरी परिसर काठमाडौंका अनुसार सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै निगरानी बढाइएको छ। सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती भोलि र पर्सीमा खाली गराउँने तयारी गरिरहेको छ।

बस्ती हटाउने क्रममा हुन सक्ने विरोध, झडप तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा समग्र सुरक्षा अवस्था सुदृढ बनाउन सीसीटीभी जडान गरिएको बताइएको छ। प्रहरीले आवश्यक सुरक्षा योजना लागू गर्दै संवेदनशील क्षेत्रमा निगरानी बढाएको  छ।