काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी सांसद ओजस्वी शेरचन निर्वाचित भएकी छन् ।
शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा शेरचनलाई निर्वाचित गरेको हो । सभापति पदका लागि रास्वपाका शेरचन र एमालेका सांसद गुरु प्रसाद बरालको मनोनयन दर्ता भएको थियो । शेरचनलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने पहिलो प्रस्ताव बहुमतले स्वीकृत भएपछि समितिका ज्येष्ठ सदस्य महावीर पुनले निर्वाचित भएको घोषणा गरेका हुन्।
समितिको समितिमा निर्वाचित भएपछि सभापति शेरचनले सबैको राय सुझाव लिएर समितिलाई अघि बढाउने बताइन्। समितिमा विषयविज्ञहरु नै सदस्यको रुपमा रहेकाले समितिलाई प्रभावकारी बनाउन थप सहज हुने उनको भनाइ छ । सभापति शेरचन समितिमा सत्तापक्ष र प्रतिपक्षी भन्दा पनि देश र जनताको पक्षमा जायज विषयलाई मिलेर अघि बढाउनुपर्नेमा जोड दिइन् ।



0 comment