काठमाडौं - नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा दिएका छन् ।मन्त्री बन्न नपाएको झोकमा उनले राजीनामा दिएका हुन् ।आफू कुनै सार्वजनिक पदमा नरहेता पनि जनताको सेवामा कुनै कमी हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘मलाई विश्वास भरोसा दिलाइ जिम्मेवारीसहित मतादेश र जनादेश दिनु भएका आममतदाता, शुभचिन्तक शुभेच्छुक जनमा कोटीकोटी नमनसहित कृतज्ञता व्यक्त गर्दछु । आम नागरिकको विश्वास भरोसालाई पूर्ण कार्यकाल  सम्पन्न गर्न नसकेकोमा क्षमा प्रार्थी छु,’ कुँवरले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

उनले गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारको पूर्ण कार्यकालको शुभकामना व्यक्त गरेका छन् । गण्डकीको पुनर्गठित मन्त्रिमण्डलमा उनी मन्त्री हुन चाहन्थे ।