काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक आचरण र विश्वसनीयताको परीक्षणमा असफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुस्बु ओलीले बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राप्रपा सचेतक ओलीले  रास्वपाले राप्रपालाई आश्वासन दिएर श्रम संस्कृति पार्टीका उम्मेदवारको समर्थक बसेको बताइन् ।

रास्वपाको आश्वासनलाई विश्वास गरेर उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाएको उनको भनाइ थियो । ओलीको भनाइ थियो, 'सत्तारुढ दलहरूसँगको संवादपछि उपसभामुख पदको सन्दर्भमा बनेको समझदारी अन्तिम घडीमा लत्याइयो । यस विषयले हामी दलहरूबीच विश्वास भन्ने कुरा कति सस्तो रहेछ भन्ने कुरा देखियो ।'

'यो संविधानले प्रतिपक्षलाई निहीत गरेको पदको मात्र प्रश्न होइन, यो राजनीतिक आचारण र विश्वसनियताको पनि परीक्षण थियो,‘ओलीले भनिन्, 'सहकार्यको आधार विश्वास हो भनिन्छ तर यहाँ त अविश्वासलाई नयाँ राजनीतिक संस्कार झै संस्थागत गरियो ।'