काठमाडौं - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले चैत २७ मा उपसभामुखको निर्वाचन हुने जानकारी दिएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिएका हुन् ।
अर्याल सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढेको हो । सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ ।तर एकल उम्मेदवारी परेको अवस्थामा सभामुख र उपसभामुख दुवै एउटै दलको पनि हुन सक्दछ ।
प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य विपक्षी दलहरुले समेत उपसभामुख पदमा दाबी गरेका छन् । प्रतिनिधिसभामा दुई तिहाइ नजिक रहेको रास्वपाले जसलाई समर्थन गर्छ उही दलको उम्मेदवार उपसभामुखमा निर्वाचित हुने छ । प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् ।


0 comment