काठमाडौं - नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन आजैदेखि आन्दोलन थाल्ने बताएका छन् । अहिले बिहान बस्ने सचिवालय बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको टिप्पणी गरेका छन् ।

‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छु’ बस्नेले सामाजिक सञ्जालमा लेखेका छन् ।