काठमाडौं - मुस्लीम समुदायले विशेष कार्यक्रममका साथ इद मनाएका छन । आज सार्वजनिक विदाको दिन काठमाडौंको टुडीखेलमा इदको अवसरमा विशेष प्राथना गरिएको छ । सधै सरकारले इदको दिन सार्वजनिक विदा दिने गरेको थियो तर यसपाली इद सार्वजनिक विदाको दिन नै परेपछि थप विदा दिनु नपरेको जनाइएको छ । घण्टाघर र टुडीखेलमा मुस्लीम समुदायको बाक्लो उपस्थिती रहेको थियो नमाजका लागि । एक अर्कालाई शुभकामना आदानप्रदान गरी खुशी साटिरहेको देखिन्थ्यो ।





0 comment