काठमाडौं - शनिबार बिहानदेखि परेको पानी र पहिरोले पूर्वपश्चिम राजमार्गको दाउन्ने र सिद्वार्थ राजमार्गको दोभानमा अवरूद्व भएको छ ।
आज बिहानैदेखि परेको वर्षाले सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
कार्यालयका अनुसार पूर्व पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले बाटो चिप्लो भएका कारण सवारी साधनहरु चल्न सकेको छैन् ।
पाल्पाको तिनाउ गाउँपालिका ३ दोभानको सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको हो । दुबैतर्फको सवारीसाधन पूर्णरुपमा अवरुद्ध भएको र सवारी साधनलाई पाल्पा रुट हुँदै ड्राईभर्सन गरिएकोमा त्यो सडकसमेत अवरुद्ध भएको छ ।
बाटो खुलाउन प्रयास भइरहे पनि पानी परिरहेकाले समस्या परेको प्रहरीले बताएको छ । उता दाउन्नेमा रातिदेखि नै पानीले सडक अवरूद्व छ ।


0 comment