सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बीरगञ्जले भारी परिमाणमा अवैध रूपमा यात्रुवाहक गाडीमा काठमाडौँतर्फ लगिरहेको अवस्थामा विभिन्न किसिमका औषधिहरू बरामद गरेको छ । बरामद औषधिहरूको अनुमानित मूल्य ६२६००० रहेको सशस्त्र प्रहरीले जनाएको छ। गए राती गुल्मका सशस्त्र प्रहरी निरीक्षक निरज थापाको कमाण्डमा रहेको मोबाइल गस्ती टोलीले बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित बसपार्क इलाकामा यात्रुवाहक बसहरु चेकजाँच गर्ने क्रममा बिलविजक नभएका सिल्डिनाफिल टे्याब्लेटस २१०१ पत्ता , प्रेगआउट किट २६७ पत्ता र एरोसल स्प्रे १२५ वटा बरामद गरेको हो । उक्त औषधिहरू यौनवर्धक र अनिच्छित गर्भ रोक्ने औषधिहरू रहेको बुझिएको छ ।

बरामद गरिएका औषधिहरू आवश्यक प्रक्रियाका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको गुल्मका गुल्मपति डिएसपी विकास अधिकारीले बताएका छन् ।