काठमाडौ— रास्वपाका सभापति रवि लामिछानेले नव निर्वाचत सांसदहरुलाई निर्देशन दिदै भनेका छन तपाईहरु संसद बैठकबाहेक आफनो निर्वाचन क्षेत्रका जनताको साथमा हुनुपर्ने बताएका छन । लामिछानेले रास्वपाको २ दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सोही कुरा बताएका हुन । लामिछानेले भने जनताले विश्वास गरेर दिएको मत हाम्रो सपना पूरा गर्नका लागि हैन । देशको सपना जनताको सपना पूरा गर्नका लागि हामीलाई जनताले भारी विश्वासका साथ सरकारमा पठाएको कुरा पनि बताए ।
हामीलाई गलत गर्ने छुट नभएको र रास्वपाका सांसद जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने भन्दै पूराना दललाई जनताले ३६ वर्षसम्म हेरेको तर हामीले गलत गरियौ भने हामीलाई ३६ महिना पनि पर्खदैनन त्यसैले हामीले विचार गरेर जिम्मेवारीपूर्ण तरिकाले यो मुलुकको मुहार फेर्नुपर्ने काचुली फेर्नुपर्ने बताए । हामीले यही व्यवस्था यही संविधानलाई मानेर जनताको अवस्था परिवर्तन गर्ने हिजो पनि भनेको हो र आज पनि भन्छौं यो संविधानलाई शिरोधार गरी हामी काम गर्छौ उनले भने । रास्वपाको प्रशिक्षण कार्यक्रम आज समापनको दिन हो र कार्यक्रममा रवि लामिछाने आएपनि रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेद्धार बालेन्द्र शाह भने स्वास्थ्यका कारण कार्यक्रममा आउन नसकेको सा्रेतले बताएको छ ।


0 comment