काठमाडौं: जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ८ भिमढुङ्गा स्थितमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने निम्न २ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा जिल्ला काठमाडौं नागार्जुन नगरपालिका ८ भिमढुङ्गा घर बस्ने वर्ष २८ को सागर गिरी र सोही ठेगाना बस्ने वर्ष २८ को प्रमोद प्रसाद धिताल रहेका छन । 

प्रहरीले उनीहरु को साथ बाट रु. १ करोड १६ लाख रुपैयाँ नगद लगायत विभिन्न प्रमाणका सामानहरू सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भट्टराइले जानकारी दिनु भयो । 

प्रहरीले उनिहरुबाट    विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक थान - ३ ,विभिन्न व्यक्तिको नाममा काटेको रु. २७ लाख ३० हजार रुपैयाँको चेक थान - ३ ,विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको ATM कार्ड थान  ४ ,नागरिकता थान - १ चार पाङ्ग्रे सावरी साधन - २ ,दुई पाङ्ग्रे सवारी साधन - १ 
विभिन्न कम्पनीको मोबाइल फोन थान - ६ NCELL र NTC को SIM Card थान - ३१ Computer सेट - १, Bianace खातामा रहेको रकम ७१७५.३४ USDT बरामद गरेको छ।