संखुवासभामा १० वर्षीया बालिका माथि बलात्कार आरोपमा २० वर्षका दावा शेर्पा समातिए हो !

संखुवासभामा बलात्कार आरोपमा एक युवक समातिएका छन्। समातिनेमा चैनपुर नगरपालिका–३ का २० वर्षीय दावा शेर्पा रहेका छन्।

१० वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको उजुरी पछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।