काठमाडौं - नेकपा एमालेको नेसनल भोलेन्टियर फोर्सले करिब दुईतिहाइ मतसहित पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेपाली जनताको अभूतपूर्व जनमतको उच्च सम्मान गर्दै बधाई र शुभकामना व्यक्त गरेको छ।
फोर्सले विज्ञप्तिमार्फत रास्वपालाई भ्रष्टाचारमुक्त समाज, प्रशासन सुधार र जनतासँग जोडिने परिवर्तनमा काम गर्न सुझाव दिएको छ। साथै, सरकारबाट जनभावनाविपरीत वा राष्ट्रिय हितमा आँच पुग्ने कदम भए सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएको छ।


0 comment