इनिसा विक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विभिन्न समूहहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगाएतले गम्भीर ढंगले इनिसा विक हत्या प्रकरणको छानबिनका साथै उक्त घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले इनिशा बिकको हत्यारालाई कारवाही गर, बालबालिकामाथि हुने हिंसा अन्त्य गर, पितृसत्ता मुर्दावाद, बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौं लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
साथै उनीहरुले सबै बलात्कारका घटनाहरुको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत राखेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्ट र पक्राउ परेकाहरूको बयानका आधारमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।


0 comment