इनिसा विकको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले प्रेमी भनिएका किशोरसँग बयान लिएको छ । उनले इनिसा र आफूबीच दुई वर्षयता शारीरिक सम्पर्क हुँदै आएको र त्यो दिन सम्पर्क हुँदा यौनांगबाट अत्यधिक रगत बगेपछि इनिसा बोलचाल र हलचल नगरेको बयान दिएका छन् ।
इनिसा नबोलेपछि जंगल नजिक रहेको गाउँका स्थानीयलाई खबर गरेपछि गाउँले र प्रहरी आएर अस्पताल पुर्याउँदा पनि रगत बगिनै रहेको थियो । उनी अचेत अवस्था थिइन् । समयमै अस्पताल पुर्याउन नसक्दा ज्यान गएको हो ।
प्रहरीलाई दिएको बयानमा १६ वर्षीय ती किशोरले साथीहरुको सहयोग मात्र मागेको सामूहिक बलात्कार नभएको बताएका छन् ।प्रेमी भनिएका ती किशोरसहित चारजनालाई पक्राउ गरी प्रहरीले जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ।


0 comment