काठमाडौं - सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोले गर्ने भएको छ।
सुर्खेत प्रहरीले पहिलो चरणको अनुसन्धान सकेको छ। प्रहरीले बुधबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो । घटनामा संलग्न १८ वर्षमुनिका चार जना पक्राउ परेका छन् ।
पोस्टमार्टम रिपोर्टले जबरजस्ती करणीपछि मृत्यु भएको पुष्टि गरेको छ। फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवै जनाको मोबाइल लगायत विद्युतीय सामाग्रीहरू अनुसन्धानका लागि पठाएको छ ।
त्यो रिपोर्ट आएपछि, पोस्टमार्टम रिर्पोर्टसँग तुलता गरेर हत्याको अन्तिम निकर्षमा पुग्ने प्रहरीले जनाएको छ । प्रतिवेदनमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् ।


0 comment