काठमाडौं - एशियामा मंगलबार बिहानको प्रारम्भिक कारोबारमा तेलको मूल्य घटेको छ ।
सोमबार भने तेलको मूल्य एक समय प्रति ब्यारेल करिब १२० डलरसम्म पुगेको थियो।
यो गिरावट त्यसपछि आएको हो जब डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै समाप्त हुने बताएका छन्। तर उनले अमेरिका अझै पर्याप्त जित हासिल नगरेको पनि बताएका छन्।
अमेरिकी राष्ट्रपतिले हर्मुज जलडमरूमध्यमा जहाज आवागमन अवरुद्ध गरेमा तेहरानलाई मृत्यु, आगो र विनाश भोग्नुपर्ने चेतावनी दिएका छन्।
यसअघि पनि ट्रम्पले अमेरिकाले इरानविरुद्ध चलाइरहेको सैन्य कारबाही छिट्टै समाप्त हुन सक्ने संकेत गर्दै मलाई लाग्छ युद्ध लगभग समाप्त भइसकेको छ भनेका थिए।
यसैबीच अस्ट्रेलियामा इरानकी महिला फुटबल टोलीका पाँच सदस्यलाई मानवीय भिसा प्रदान गरिएको छ। उनीहरू एफसि वोमन्स एशिया कपबाट बाहिरिएपछि उक्त भिसा पाएका हुन्।
उता जोन हिलेले गत हप्ता साइप्रसमा रहेको बेलायती सैन्य अड्डामा प्रहार गरिएको ड्रोन लेबनन इराकबाट आएको हुन सक्ने बताएका छन् ।


0 comment