गोरखा क्षेत्र- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ २९ हजार ८९६ मतसहित निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका प्रेम कुमार खत्रीलाई १४ हजार ४९८ मतान्तरले पराजित गरे।

नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरे। त्यसैगरी एमाले रामचन्द्र लामिछानेले ३ हजार ७३२, उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरले ४८९ मत प्राप्त गरे।