काठमाडौं - प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सहज बहुमततिर अघि बढेको देखिएको छ। 

रास्वपाले प्रत्यक्षतर्फ ९० भन्दा धेरै क्षेत्रमा बलियो अग्रता कायम गरेको छ।  यो क्रम अझै बढ्ने देखिएको छ। युवा पुस्ताको समर्थन पाएको रास्वपाको परिणामले देशमा ठूलो उलटफेरको संकेत दिएको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीको मत परिणाम हेर्दा एकदमै कमजोर देखिएका छन् । पहिलाका ठुला पार्टी भनिएका उनीहरुलाई  अहिले अग्रतामा दोहोरो अंक छुन पनि मुस्किल भइरहेको छ ।