काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ । आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले एउटै कम्युनिस्ट पार्टी निर्माणको पहल गर्न सबै पक्षसँग वार्ता हुने बताए । समितिलाई विचार मिल्ने गणतन्त्रवादी दल वा समूहसँग एकताका लागि पहल गर्ने जिम्मेवारी तोकिएको छ ।


0 comment