काठमाडौं - सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले मंगलबार सरकारका नाममा आदेश दिएको हो। आदेशमा २४ घण्टाभित्र अनुसन्धानको मिसिल र बन्दीसहित उपस्थित हुन’ भनिएको छ।

दाहालको रिहाइको माग गर्दै उनकी छोरी डेनिका दाहालले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले पक्राउ गर्नुको कारण देखाउन पनि आदेश दिएको छ। अमेरिकी पत्रिका ‘ग्रे जोन’को रिपोर्टलाई लिएर सरकारले असोज ४ गते दाहाललाई पक्राउ गरेको थियो।