काठमाडौ:मिस भिबा ब्युटी पेजेन्ट को नाममा आयोजक  सस्था  उमङग क्रीयसनका सन्चालक उद्धब अधिकारीलाई  जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी टोलिले पक्राउ गरेको छ।चितवन स्थायी घर भैइ काठमाडौ किर्तिपुर बस्दै आएका हुन।

 पटक पटक ब्युटी पेजेन्ट आयोजना गर्दै आएका    उद्धबअधिकारीले भिबा ब्युटी पेजेन्ट २०२६ आयोजनामा भाग लिन आएका इच्छुक युवतिहरु माथी यौन शोषण प्रयास गर्दै आएको पिडित को भनाइ छ।पिडितले अधिकारी बिरुद्ध प्रमाण सहित प्रहरीमा उजुरी दिए पछि प्रहरीले पक्राउ गरेको हो।

पिडित युवतिका अनुसार अधिकारिले पटक पटक आफु सङ्ग बेड शेयर गर्न दबाब दिदै आफू सङ्ग नगरकोट जान दबाब दिदै आइरहेको र बिदेशबाट आउने निर्णायक हरुलाइ पनि खुशी बनाउन सक्यौ भने क्राउन जित्ने प्रलोभन दिने गरेको कारण आफू मानसिक तनाबमा दिन बिताउन बाध्य भएको बताएकी छिन।

प्रहरीले आयोजक अधिकारीलाइ नियन्त्रणमा लिएर अनुसन्धान अघिबढाएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रबक्ता गौतम मिश्रले जानकारी दिनु भयो।