राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले वेवास्ता गरेको भन्दै खेलाडीहरुले एन्फा कम्प्लेक्स अगाडि विरोध प्रदर्शन गरेका छन्।
पूर्वकप्तानसहितका खेलाडीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेस परिसरमा लिग त गराउन सकेको छैन खेलाडीको उपचारमा मद्धत त गर लगायतका नारा लेखिएका प्ले-कार्डसहित प्रदर्शन गरेका हुन्।
साम्बाको उपचारमा एन्फाले वेवास्ता गरेपछि साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोग मागेकी थिइन्। दुवै घुँडामा गम्भीर चोट लागेको हुँदा जटिल शल्यक्रिया गर्न कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने साम्बाले लेखेकी छन् । देशलाई चिनाउने उत्कृष्ट खेलाडीको यो अवस्था देखेपछि खेलाडी र खेलप्रेमीहरुले सरकार र एन्फाविरुद्ध आक्रोश पोखेका छन् ।


0 comment