उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको स्वास्थ्यलाई ध्यानमा राख्दै फ्लुविरुद्धको खोप लगाइएको छ ।
बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको सहकार्यमा १२० जना ट्राफिक प्रहरी कर्मचारीहरूलाई फ्लुविरुद्धको खोप लगाइएको छ।
दैनिक रूपमा सार्वजनिक स्थल तथा धुलो धुँवामा खटिने ट्राफिक प्रहरीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यस किसिमको खोप प्रदान गरिएको हो ।


0 comment