काठमाडौँ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतमा कार्यरत दुई जना इन्स्पेक्टरको जिम्मेवारी हेरफेर गरिएको छ। ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कमा कार्यरत इनस्पेक्टर शेखर शाहलाई जनसेवा प्रभागमा सरुवा गरिएको छ । ट्राफिक प्रहरी प्रभाग जनसेवामा कार्यरत अनुप अधिकारीलाई बसपार्कमा कामकाज गर्नेगरी काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो । दुवै इन्स्पेक्टर प्रभाग इन्चार्ज हुन् । इन्स्पेक्टर शाहबारे गु*नासो आएपछि काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।


0 comment