काठमाडौं - निर्वाचन आयोगले कांग्रेसको आधिकारिताको टुंगो लगाउन दुबै पक्षसँग अहिले छलफल गर्दैछ । 

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापा पक्ष आयोग पुगिसकेको छ भने देउवा पक्षबाट कार्यबहाक सभापति पूर्णबहादुर खड्कासहितको प्रतिनिधि पनि पुगेका छन् ।

दुबै पक्षले बुझाएको आधिकारिक दाबी गरिएको कागजपत्रको अध्ययन गरिरहेको आयोगले उनीहरुको कुरा सुन्न छलफलमा बोलाएको हो ।

दुवै पक्षले आफूले नै आधिकारिकता पाउनु पर्ने दाबी गर्दै आएका छन् । नेता खड्काले आफूहरुले आधिकारिकता नपाएर आन्दोलनमा गएर निर्वाचन नै हुन नदिने पत्रकार सम्मेलनमा बताएका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयनको प्रक्रिया माघ ६ गतेबाट सुरु हुँदैछ ।