शरिरमा उर्जा बढाइ जाडो भगाउन माघ महिनामा नेपालीहरु खिचडी खान्छन । तर राजनीति ३ सय ६५ दिन नै खिचडि भयो भने देशनै नरहने अवस्था आउदो रहेछ भन्ने कुरा नेपालको अवस्थाले दिन प्रतिदिन प्रमाणित गर्दै लगेको छ ।
१) २०४७ मा वहुदलीय ब्यवस्था आएपछि नेपाली जनताले नेपाली कांग्रेसलाई बहुमत दिइ ५ वर्ष देश चलाउन दिएका थिए । तर गिरिजालाई त्यो पचेन । ३ वर्ष नपुग्दै देश मध्यावधी चुनावमा गयो अनि त्यही बेलाबाट राजनीतिमा खिचडि संस्कार शुरु भयो । यहि खिचडि सस्कारको विकृतिको कारण देश माओवादी जनयुद्धमा धकेलियो । १७ हजार मारिए । खरवौको संरचना ध्वस्त भयो, देशको विकास र समृद्धि १०० वर्ष पछाडि धकेलियो ।
२) ६२।६३ को आन्दोलनले देश गणतन्त्रमय भयो । संविधानसभाले बनाएको संविधान अन्तर्गतको प्रत्यक्ष र समानुपातिक चुनावी प्रणालीले एक दलको बहुमत आउने संभावनालाई झनै क्षिण बनाइदिंदा राजनीतिमा खिचडी सस्कृति पुर्णरुपमा स्थापित मात्रै भएन, राजनीतिक अस्थिरता, असक्षमता, राष्ट्रधात र पालैपालो मिली गर्ने भ्रष्टाचार वडा देखि सिंहदरवार सम्मै ब्याप्त भयो । राजनीतिमा पारदर्शिता, इमान्दारिता र सादगीपना हरायो । नेताहरु नया संभ्रान्तवर्ग बन्न पुगे ।
३) गणतन्त्र आएको २० वर्ष पुग्दा जेनजीहरु आन्दोलित भए । सरकार र पार्टीको हेडक्वार्टर, नेता र नेपोकिडका घरसम्म खरानी भए । सरकार ढल्यो तर खिचडी राजनीतिक सस्कृतिको अन्त्यको लागि माग भएको संविधानको संसोधन र नेताहरुको सपत्तीको जाचबुझ र राष्ट्रियकरणको मागलाई आन्दोलनकै जगमा उभिएको सरकारले लत्याइदिई देशलाई उहि पुरानै ढांचाको संसदीय निर्वाचनमा धकेलिदियो र आन्दोलित जेन्जी र उनिहरुले बगाएको रगत वालुवामा हालेको पानी वरावर हुन गयो । जेनजीहरुलाई चुनावमा भागलिइ, सदनमा आफ्नो बहुमत सिध्द गरी सरकार वनाइ आफना मागहरु आफै पुरा गर्नु भनियो ।
४) पुराना असक्षम, भ्रष्ट र राष्ट्रधाती दलहरुको विकल्प हामी मात्रै हो भन्नेहरुको दल पनि च्याउ उम्रिए सरी उम्रिए, उनीहरुको वीचको एकतापनि भ्यागुताको धार्नी सावित भएको र जेनजीहरु पनि विभिन्न दलहरुका झोले जेनजीमा रुपान्तरण हुन पुगेपछि उही पुरानाहरुले टाउको उठाउने बाटो खुली जेनजीहरु पनि खिचडीको शिकार वने र आउदो चुनावको नतिजाले पनि राजनीतिमा स्थापित खिचडी संस्कारको अन्त्य हुनेवाला छैन भन्ने कुरा एमाले र कांग्रेसको महाअधिवेशनहरुले प्रष्टै पारिसक्यो ।
राजनीतिमा स्थापित यसतो खिचडी संस्कारलाई यसै पालिको माघ महिना देखिनै अन्त्य गर्न अव को आउने हो केहि पत्ता छैन । यस्तो खिचडी संस्कारको कारण देशनै नरहने स्थितिको सिर्जना नहो्स सबैलाई चेतना भया ।





0 comment