काठमाडौ : काठमाडौ प्रहरीले बालबालिकाहरुलाइ ललाइफकाइ जबर्जस्ती अनैतिक काममा लगाउने २ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक पनौती नगरपालिका १ घर भइ जिल्ला ललितपुर, गोदावरी नगरपालिका १ बस्ने वर्ष २६ को राजन तामाङ , दोलखा, मेलुङ गाउँपालिका ६ घर भइ जिल्ला काठमाडौं, लोलाङ बस्ने वर्ष ३४ को लक्ष्मण तामाङ रहेका छन।
काठमाडौं महानगरपालिका २६ संचयकोष चोक नजिक सडक खण्डमा बा. २ ज २३२७ नं. को ट्याक्सीमा शङ्कास्पद तवरले २ जना बालिकाहरूलाई राखी लिएर जान लागेको अवस्थामा प्रहरीले फेला पारी उक्त ट्याक्सीको पछाडी सिटमा रहेका निजहरूलाई उद्धार गरेको हो।
ट्याक्सी भित्र रहेका राजन तामाङ र लक्ष्मण तामाङले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूसँग महिलाहरूको फोटो आदान प्रदान तथा रकमको विषयमा सौदाबाजी समेत गरेको र महिला तथा बालबालिकाहरूलाई ललाई फकाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको देखिएकोले निजहरूलाई पक्राउ गरी अभद्र व्यवहार कसूर र मानव बेचबिखन तथा ओसारपसार कसूर उपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी पवन कुमार भट्टराइले जानकारी दिनु भयो ।
प्रहरीले पक्राउ परेकाहरुबाट बा. २ ज २३२७ नं. को ट्याक्सी थान - १ ,Redmi कम्पनीको मोबाइल थान १ Samsung कम्पनीको मोबाइल थान - १ बरामद गरेको छ।
साथै, प्रतिवादी लक्ष्मण तामाङको हकमा जिल्ला प्रहरी कार्यालय दोलखामा मिति २०७३/०६/३० गते कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ।


0 comment