काठमाडौ: प्रहरी वृत्त सातदोबाटो ललितपुरको टोलिले एटिएम तोडफोड गर्ने एक जनालाइ पक्राउ गरेको छ । जिल्ला ललितपुर महानगरपालिका वडा नं १४ टुटेपानी स्थित कुमारी बैंकको ATM मा तोडफोड भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीलाई देखी भाग्दै गरेको अवस्थामा पाख्रीनलाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जिल्ला ललितपुर बाग्मती गाँउपालिका वडा नं. ०३ माल्टा घर भई जिल्ला ललितपुर म.न.पा.वडा नं.२७ सुनाकोठी बस्ने वर्ष १९ को सरोज पाख्रिन र जिल्ला सिन्धुपाल्चोक घर भई जिल्ला ललितपुर .म.न.पा. वडा नं. २३ धापाखेल बस्ने वर्ष १८ को सुनिल बि.क रहेका छ्न।

 चापागाँउदोबाटोबाट .लाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी वृत्त सातदोबाटो ललितपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुर्णिमा चन्दले जानकारी दिनु भयो ।

त्यस्तै  प्रहरी प्रभाग बाडेगाउँको टोलिले जुवा खेल्ने खेलाउने ७  जनालाइ पक्राउ गरेको छ। जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नं १४ ठैब स्थित संगिता कार्कीको डेरा कोठामा जुवातास खेली खेलाई रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रभाग बाडेगाउँबाट खटीएको प्रहरी टोलीले नगद रुपैया हारजित हुने गरी जुवा तास खेली खेलाईरहेको अवस्थामा संगिता कार्की समेत ७  जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो।

 प्रहरीले जुवा खालबाट नगद रु. ७ लाख ६७ हजार ४सय ७० रुपैया नगद १५ गड्डी  तास र मोबाइल थान ७  समेत दशीका सामानहरु बरामद गरी थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी परिसर ललितपुरका सुचना अधिकारी चक्रराज जोशीले जानकारी दिनु भयो।