काठमाण्डौं – जिल्ला स्वास्थ्य कार्यालयको आंकलन अनुसार यो वर्ष कैलालीमा डेङ्गुका बिरामीको सङ्ख्या १४१ पुगेको छ । अरु जिल्लाको अनुपातमा डेङ्गुका बिरामीको संख्या बढिनै देखिन्छ । तीन महिनामा मात्र कैलालीमा ४२३ जनामा डेङ्गु सङ्क्रमण भएको छ भने, वर्षायामको बेला अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याकं अनुसार, लम्कीचुहा नगरपालिकामा ११३ जना, बर्दगोरिया गाउँपालिकामा ७२ जना र टीकापुर नगरपालिकामा ४० जनालाई डेङ्गु सङ्क्रमण भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजविक्रम शाहीको अनुसार, गोदावरी नगरपालिकामा २८, गौरीगङ्गामा ७ भजनी गरपालिकामा ५ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ भने, यसैगरी जोशीपुर गाउँपालिकामा ६, जानकी गाउँपालिकामा ४ र मोहन्याल गाउँपालिकामा ३ जनामा डेङ्गु सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयको असोज ३० गतेसम्मको तथ्याङ्कमा उल्लेख छ ।
अहिले चिसो मौसम बढ्दै गईरहेको कारणले डेङ्गुको नयाँ बिरामी फेला पर्ने क्रम पनि घट्दै गएको जिल्ला स्वास्थ्य सूचना अधिकारी शाहीले बताउनु भएको छ ।
उहाँका अनुसार दशैँपछि जम्मा १९ जना नयाँ बिरामी थपिएका छन् तर दशै अघाडिको तथ्याकं हेर्ने हो भने, डेङ्गु सङ्क्रमितको सङ्ख्या ४०४ पुगेको थियो ।
0 comment