काठमाण्डौ:जिल्ला सिन्धुली कमलामाई न.पा.वडा नं.०९ भिमान चेक पोष्ट स्थित वि.पि. राजमार्गमा विशेष सुचनाको आधारमा इप्रका भिमानबाट खटिएको टोलि र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी चेकिङ टोलीले २सय ग्राम भन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद गरेकी हो।
काठमाण्डौबाट राजबिराजतर्फ जादै गरेको चालक जिल्ला सिराहा लक्ष्मीपुर पतारी गा.पा. ४ बस्ने बर्ष अं. ३३ को लोकेन्द्र कुमार सिहंले चलाएको बा ५ ख १९६७ नं. को हायस गाडीको अन्तिम सिटमा सवार जिल्ला मोरङ विराटनगर म.न.पा. ५ बस्ने बर्ष अं.३४ को महम्मद समसिरबाट ?क्त लागू औषध बरामद गरेको हो।
महमद समसिर माथी शंका लागि चेकजाँच गर्ने क्रममा निजले लगाएको निलो रगंको जिन्स पाइन्टको अगाडी पट्टीको दाँया गोजीमा सेतो रङको २ वटा प्लास्टिकमा प्याकिङ गरी लुकाई छिपाई ल्याएको लागु औषध खैरो गिलो पदार्थ तत्काल मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिक सहित २०१.६९० ग्राम र प्लास्टिक बाहेक शुद्द तौल १९५.५९० ग्राम फेला पारी निजलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।


0 comment