काठाडौ:प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५, थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी  यहि पुस १४ सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, ४८ वर्षीय राजेन्द्र तामाङ, ५३ वर्षीय वीरबहादुर तामाङ भनिने विवासित स्याङतान र नवलपरासीको देवचुलीका ४२ वर्षीय जितबहादुर तामाङ छन।

पक्राउ परेकाहरु माथी अदालतबाट म्याद लिएर अनुसन्धान भैइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी पवन कुमार भट्टराइले जानकारी दिनु भयो।