काठमाडौं - नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई आज अपराह्न २ बजे शपथ गराउने तयारी छ।

शर्माले पाउने मन्त्रालय भने टुंगो लागेको छैन। रक्षा वा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ। यी मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्कीले आफैं सम्हाल्दै आएकी छन्।

प्रधानमन्त्री कार्कीको आग्रहमा शर्माले सरकारमा सहभागी हुन सहमति जनाएका हुन्। पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयका संयोजक रहँदै माओवादी लडाकु समायोजन प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए।

उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारीसमेत पाएका थिए।