काठमाडौं - यस वर्षको दसैं तथा तिहारका लागि राष्ट्र बैंकले नयाँ नोट सटहीको निश्चित मिति नतोक्ने भएको छ।
नागरिकले राष्ट्र बैंकको थापाथली कार्यालय तथा आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई वितरण गर्न नयाँ नोटसमेत लिइसकेका छन्। नयाँ नोटको पर्याप्त मौज्दात रहेकाले स्वस्फूर्त रूपमा सटही गर्न आउनेलाई नयाँ नोट उपलब्ध गराइएको छ । राष्ट्र बैंकले वर्षभरि नै नयाँ तथा सुकिला नोट सटहीको सुविधा दिँदै आएको छ।विगतमा सूचना निकालेर निश्चित दिन तोकेर नयाँ नोट वितरण गरिन्थ्यो ।


0 comment