आफ्नो नीजि निवास खरानी भएको र प्रधानमन्त्री निवासबाट सेनाको हेलिकोप्टर लिइ ज्यान जोगाउन सेनाको संरंक्षणमा पुगेका ओली सम्पन्न महाअधिवेशनमार्फत पुन अध्यक्षमा निर्वाचित भएपछि फेरी उनको दम्भ राम्रै वढेको देखिन्छ । उनले निर्वाचित हुनासाथ सरकार र जेनजीवीच भएको सम्झौता एमालेलाई मान्य नहुने र वर्तमान आन्दोलनको जगमा उभिएको् सरकारलाई असंबैधानिक हो भन्दैे ढालेर देखाइदिने बताएका छन् । यसले ओली परिस्थितिको विश्लेषण गर्न माहिर छन भन्नेहरु एकातर्फ छन भने अर्को थरी चाहि नेपालको खास राजनीतिक परिस्थिति ओलीको लागि लाटो खान्छ एक वल्ड्याग र बाटो तिन वल्ड्याग सावित नहोला भन्न सकिन्न पनि भन्दछन । सरकार ढाल्ने चेतावनी उनले यसकारण दिए कि स्वंयमा जेनजीहरु सरकारको कामँंग सन्तुष्ट नभै सुशिलाको राजिनामा मागिरहेको अवस्था छ भने अर्को तर्फ सरकार र जेनजी वीच भएको सम्झौता कहिलेदेखि कसरी लागु हुन्छ भन्ने पनि स्पष्ट छैन ।

भनाइको मतलव सरकार न त तत्कालिन प्रधानमन्त्रीको रुपमा रहेको ओली र गृहमन्त्रीको रुपमा रहेको लेखकलाई आम हत्याको आरोपमा जेल चलान गर्न सक्षम छ न त आन्दोलनको म्याण्डेट अनुरुप उच्च स्तरीय सम्पत्ति छानविन आयोग र संविधान सुधार आयोग गठन गरेर देखाउने अवस्थामै छ । सरकार साच्चै भन्ने हो भने न हासको न कुखुराको चालमा चलिरहेको छ अनि यस्तो सरकारलाई नललकार्ने कुरा पनि त भएन नि । अर्को तर्फ आन्दोलनकर्ता जेनजीहरु पनि श्वंय रनभुल्लको अवस्थामा छन । चुनाव स्वीकार गर्ने कि नगर्ने भन्ने बारेमा उनीहरु विच एकमत छैन । स्वीकार गर्दा आफ्नै दल वनाइ चुनाव लड्ने संभावना टरेर गइसकेको छ  भने रवी, हर्क र कुलमान कसको दललाई सघाउने भन्ने कुरामा पनि जेनजीहरु एकमत भइसकेका छैनन जस्ले उनीहरुको कमजोरीलाई पनि छताछुल्ल बनाएको छ ।

यहि कारण ओलीको हौसलामात्रै वढेको छैन उनले आफ्नो बाटो पहिल्याउन शेर बहादुरलाई समेत मनाइ सकेको देखिन्छ । राजनीतिबाट सन्यास लिने भन्दै पूर्ण बहादुरलाई जिम्मेवारी सुम्पेर हिडेका उनी पुन पार्टी राजनीतिमा फर्कि चुनाव लडेर प्रधानमन्त्री बन्ने सपना वुन्न थालिसकेका छन । महाअधिवेशन पश्चात यिनले पनि ओलिले जस्तै चुनौतिको भाषा नवोल्लान भन्ने के ग्यारेन्टी ?  अर्को तर्फ माओवाद त्यागी नेपाली कम्यूनिष्ट पार्टीका संयोजक बन्न पुगेका पुष्पकमल दाहाल शक्ति आर्जन गर्ने नाममा झिना मसिना जो जो आउछन उनीहरुलाई समेटदै हिडिरहेको अवस्था छ । वाइसिएललाई जेनजी आन्दोलनमा घुषपैठ गराई विध्वंस गर्न सफल उनी यदाकदा जेनजीकै प्रवत्ता बन्नसमेत पछि नपरिरहेको अवस्था छ अहिले । जेनजीको खोल ओडेर एमाले कांग्रेसको दुई तिहाइ सरकार ढाल्न सकेकोमा उनी मख्ख छन र चुनाव पछि वन्ने सरकार आफनो हो भन्न समेत चुकेका छैनन ।

झन अर्कोतर्फ राजतन्त्रको पुर्नस्थापना भन्दै आन्दोलित राप्रपा र अन्य झुण्डहरु जेनजी आन्दोलन ताका निर्मल निवासमा ढुंगामुढा र आगजनी नभएको भन्दै जेनजीहरु राजतन्त्रको पक्षमा उभिएको बकालत गरिरहेको अवस्थामा ज्ञानेन्द्रले सबै पक्षले नचाही कुनै एक पक्षले चाहेको भरमा मात्रै आफु पुन राजा नवन्ने बताए पश्चात राजावादीहरु टुहुरा वन्न पुगेका छन् । सरकार भने चुनाव गराउने तर्फ अघि वढिरहेको छ र चुनावनै उपयुक्त राजनीतिक निकाश हो भन्न छोडेको छैन । जसरि एमाले महाअधिवेशन पश्चात पनि ओलीनै स्थापित भए त्यसै गरी फागुन २१ म हुने चुनाव पश्चात पछि पनि यहि कांग्रेस एमाले जस्ता पुराना दलहरुनै स्थापित हुन गए भने आफनो हालत के होला भनेर सायद जेन्जीहरुले सोच्न नभ्याएको जस्तो पनि देखिन्छ  तसर्थ अहिलेको यक्ष प्रश्न भनेको के जेन्जीहरुले सबै चुनौतिको सामना गर्दे देशलाई उपयुक्त निकास दिन सक्लान त भन्ने नै हो ।