काठमाडौं - सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद चौथो पटक विस्तार भएको छ ।आज ४ मन्त्री थपिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चारै मन्त्रीले शपथ लिएन् । 

मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ,  राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम र माधव चौलागाईं रहेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नियुक्त गरेका हुन् ।