काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाटै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले यसलाई आफ्नो ‘अन्तिम चुनावी प्रतिस्पर्धा हुने संकेत समेत गरेका छन्।
देउवाले उम्मेदवारीमा रुचि देखाएपछि क्षेत्रीय तहमा उनलाई सर्वसम्मत सिफारिस गर्ने तयारी भइरहेको छ। साथीहरूले तपाईं नै उठ्नुपर्छ भनेपछि म उठ्छु भनेर देउवाले प्रतिक्रिया दिन थालेको भेट्न पुगेका नेताहरु बताउँछन् ।
नेविसंघका नेता भुवन भट्टले पनि सभापतिले अन्तिमपटक चुनाव लड्ने निर्णयमा आफू दृढ रहेको जानकारी दिएको बताए। उनले मंगलबार बिहान देउवालाई भेटेका हुन् । त्यसबखत अरु नेताहरुलाई जस्तै उनलाई पनि देउवाले चुनाव लड्ने इच्छा देखाए ।
२०४८ सालदेखि लगातार डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका देउवा आगामी निर्वाचनमा पनि उही क्षेत्रबाट निरन्तरता दिन तयारी अवस्थामा छन्।


0 comment