काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप अभियान स्थगित भएको छ। अस्पतालमा कार्यरत ५० जना कोभिड-१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू संक्रमित भएपछि टेकु अस्पतालमा खोप अभियान प्रभावित भएको हो।
भोलि सोमबारदेखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको अस्पतालले सूचना निकालेर जनाएको छ।
0 comment